- चिनीमैया श्रेष्ठ
नलेउ मलाई उपहार कहिल्यै पनि चाँहिदैन
केक काटेर जन्मदिन मनाउनु नि पर्दैन
इमान्दार, अनुशासित, नैतिकवान बने पुग्छ
सदाचार, आचरणवान् कर्मशिल बने पुग्छ
प्रजातान्त्रिक तरिकाले निति बनाइदिए पुग्छ
बनाइएको योजनालाई सफल पारिदिए पुग्छ
नलेउ मलाई उपहार कहिल्यै पनि चाहिँदैन
दियो वाली जन्म दिन मनाउनु नी पर्दैन
निष्पक्ष र स्वच्छ आदेश जारी गरी दिए पुग्छ
सानो चुस्त संगठन बनाइदिए पुग्छ
दुरुस्त र छिटो सेवा गरिदिए पुग्छ
राजिनीतिले हस्तक्षेप नगरिदिए पुग्छ
नलेउ मलाई उपहार कहिल्यै पनि चाहिँदैन
लड्डु बाँढ्दै जन्मदिन मनाउनु नि पर्दैन
दक्षता र क्षमताको कदर गरे पुग्छ
कर्मचारी शासक होइन सेबक भए पुग्छ
सेवा दिनु कर्तव्य हो सोचिदिए पुग्छ
आफ्नो सबै क्षमतालाई देखाइदिए पुग्छ
नलेउ मलाई उपहार कहिल्यै पनि चाँहिदैन
जुलुस लगाइ जन्म दिन मनाउनु नि पर्दैन
देशभरी उद्योगधन्दा खुलाइदिए पुग्छ
सिर्जनाका फुलहरु फुलाइदिए पुग्छ
आलस्य र बैमनस्यता त्यागिदिए पुग्छ
भष्ट्राचार र अनियमितता मारिदिए पुग्छ
नलेउ मलाई उपहार कहिल्यै पनि चाँहिदैन
महङ्गो होटल रेष्टुरेण्टमा पार्टी दिन पर्दैन
तलब थोरै भयो नभनिदिए पुग्छ
घाँटी हेरी हाड निल्न सकिदिए पुग्छ
भोलिवादको अन्त्य गरिदिए पुग्छ
कामचोर बेइमानी नभईदिए पुग्छ
नलेउ मलाई उपहार कहिल्यै पनि चाँहिदैन
तडकभडक फजुल खर्च गर्नु मलाई पर्दैन
सुशासनका नाराहरु धन्काइदिए पुग्छ
सेवाग्राहीको सन्तुष्टीलाई चम्काईदिए पुग्छ
उत्तरदायी जिम्मेवार बनिदिए पुग्छ
हामी तिम्रै हितकारी भनिदिए पुग्छ
त्यसैले
नलेउ मलाई उपहार कहिल्यै पनि चाहिदैन
मेरो जन्मदिनमा उपहार लेनदेन गर्नु पर्दैन ।
धन्यवाद ।।।