• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

युवाहरुको सक्रियतामा सप्तरीमा राहत वितरण

युवाहरुको सक्रियतामा सप्तरीमा राहत वितरण

राजविराज, ३२ साउन । विभिन्न क्षेत्रसँग सम्वन्धित युवाहरुको सक्रियतामा सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ स्थित धाती टोलमा बुधवार राहत वितरण गरिएको छ ।

धाती टोल भटोत्तरका ६० परिवारलाई त्रिपाल एक थान, चाउचाउ १० प्याकेट, जिवनजल, १० प्याकेट, साबुन एक पिस, पानी शुद्धिकरण गर्ने चक्की र कपडा एक–एक पिसका दरले वितरण गरिएको छ । पत्रकार एवम् अभियन्ता ध्रुव झा, अभिनेत्री सरिता साह, मैथिली अभियानी निराजन झा, सामाजिक अभियानकर्ता बिटु मिश्रा ‘वत्स’लगायतका युवाहरुको टोलीले राहत वितरण गरेका छन् । टोलीले जिल्लाको बाढी प्रभावित वस्तीहरुमा पुगेर नियमित रुपमा राहत वितरण गर्दैआएका छन् ।