• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा बाढीले मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

सप्तरीमा बाढीले मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

राजविराज, ३० साउन । अविरल वर्षा र बाढीका कारण सप्तरीमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
सप्तरीको कोइलाडी–८ मा आइतवार आठ वर्षिय बालक कमल सदाको मृत्यु भएको छ । उच्च ज्वरोबाट प्रभावित बालक सदाको चारैतर्फ बाढीको पानीले घेरिएका कारण समयमा उपचार हुन नसक्दा मृत्यु भएको जनाईएको छ । यसैगरी बेल्ही चपेना गाउँपालिका वडा नम्वर–४ का ३२ वर्षिय कमला मुखियाको मुतनी नदीको बाढीले बगाएर मृत्यु भएको राष्ट्रिय जनता पार्टीले जनाएको छ ।
यस्तै आइतवारै साँझ खेतवाट फर्कदै गरेको अवस्थामा तरकैया खोलाले बगाएर वेपत्ता डाक्नेश्वरी नगरपालिका–८ का ५५ वर्षिय नथुनी राम वेपत्ता भएका थिए । उनको शव सोमवार विहान मृत अवस्थामा फेला परेका छन् । बाढीले बगाएको स्थानदेखि करिब ३ किलोमिटर टाढा खोला किनारमै उनको मृत शरिर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी दिन अघि खाँडो खोलाले भत्काउँदै गरेको तटबन्ध रोकथाम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर राजविराज नगरपालिका– १५ देउरी भरुवा गाउँका ५५ वर्षिय डोमी यादव वेपत्ता भएका थिए । वेपत्ता भए लगत्तै सुरक्षाकर्मीहरुको टोलीले शव खोजी कार्यलाई तिब्रता दिए पनि हालसम्म शव फेला पर्न सकेको छैन । खाँडो खोलाको भत्किदै गरेको तटबन्ध मर्मत सम्भार गर्ने क्रममा उनको तत्कालै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।