• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अविरल वर्षा र बाढीले यस्तो देखियो राजविराज

राजविराज, २८ साउन । विगत चार दिनयताको अविरल वर्षाका कारण सप्तरी जिल्लाको गाउँदेखि नगरसम्म जलमग्न बन्न पुगेको छ । जिल्लाको सदरमुकाम राजविराजको विभिन्न वडाका बस्तीहरुमा बाढीको पानी पस्दा जलमग्न बन्नुपुगेको छ । घरहरुमा पानी पस्दा सर्वसाधारण जनताको दैनिकी कष्टकर बनेको छ । वर्षा नरोकिदा राजविराजको मुख्य सडकका साथै विभिन्न सडकहरुमा तीन फिटसम्म पानी बगिरहेको छ । विगत डेढ दशक पछि राजविराजमा यस्तो बाढी आएको नगरवासीहरुको भनाई छ । प्रस्तुत छ राजविराज नगरपालिकाको विभिन्न स्थानमा खिंचिएका तस्विरहरुः