राजविराज, २७ साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन समेत संघर्ष भएको भन्दै सबै परिवर्तनकारी शक्ति मिलेर परिवर्तन विरोधीहरुलाई परास्त गर्नुपर्ने बताएका छन् ।
संघीय प्रेस फोरम सप्तरीले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । चुनाव सम्पन्न हुँदैमा संविधान स्वीकार्य भयो भन्ने ठान्नु भ्रम मात्र भएकोले शासन सत्तामा भागिदारी गर्ने प्रक्रिया अवरुद्ध गर्यो भने कि त यो संविधानलाई सच्याउनुप¥यो सच्चिएन भने आठौं संविधान बन्ने चेतावनी दिँदै उनले भने ‘ चुनाव सम्पन्न हुँदैमा संविधान स्वीकार्य भयो भन्ने ठान्नु भ्रम मात्र भएकोले शासन सत्तामा भागिदारी गर्ने प्रक्रिया अवरुद्ध गर्यो भने कि त यो संविधानलाई सच्याउनुप¥यो सच्चिएन भने यो सातौं संविधान हो, आठौं संविधान बन्नेछ ।’ 
वर्तमान सरकारले स्थानीय तहको संख्या बढाउने प्रक्रिया अगाडि बढाउनुपर्ने तथा आफुहरुसँग गरिएको तीन बुँदे सम्झौता कार्यान्वन गर्नुपर्नेमा अध्यक्ष यादवले जोड दिए । चुरे संरक्षणको अभावमा तराई मरुभूमिकरण भइरहेकोले अन्तराष्ट्रिय सहयोग लिएर भएर पनि चुरे संरक्षण गर्नुपर्नेमा जोड दिँदै उनले भने ‘तराई मधेशमा वर्षेनी खडेरी र बाढीको पीडाले सताउने गरेको छ, सरकारलाई दिर्घकालीन समाधान खोज्न आग्रह छ ।’
संघीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष एवम् तराई मधेश प्रदेशका संयोजक रेणु यादव, केन्द्रीय सदस्य एवम् राजनीतिक समिति सदस्य शैलेन्द्र साह, प्रदेश मुख्य सचिव शम्भु झा, केन्द्रीय सदस्यहरु विनोद चौधरी, अशोक कुमार यादव, दिपक यादव, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, एवम् सप्तरी जिल्ला ईञ्चार्ज अनिरुद्ध सिंह यादव, केन्द्रीय सदस्य एवम् सह–ईञ्चार्ज विनोद चौधरी, जिल्ला निर्वाचन डेक्स सप्तरीका संयोजक उपेन्द्र प्रसाद साहलगायतको उपस्थिति रहेको थियो ।