बृजमान तामाङ, बिरेन्द्र बजार २६ साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले मधेशको आठ जिल्लामा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीद्वारा सप्तरीको राजविराजमा विहिबार आयोजित चुनाबी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । मधेशी जनताको अधिकार सुनिचितताकोलागि फोरम नेपाल संर्घषरत रहेको उल्लेख गदै फोरम नेपालप्रति मधेशी जनताको बिश्वास र सद्भावले मधेशको आठ जिल्लामा पहिलो पार्टी हुने दाबी गरे । पटक —पटक चुनाब गराउदा मधेशमा ठूलो क्षती पुगेको बताउदै सरकार र मधेशी बिरोधी शक्तीको चलखेलले मधेशको आठ जिल्लामा तेश्रो चरणमा चुनाब सारेको आरोप अध्यक्ष यादबले लगाए । पार्टीको नीती, सिदान्त र बिचारका कारण बिखण्डनकारी शक्ती र साम्प्रदायिक सद्भाब भड्काउन चाहने योजनाकारहरु सलबलाउन थालेको प्रष्ट पार्दै अध्यक्ष यादवले भने ‘हामी एउटै नेपालभित्र मधेश सहितको राज्यको पक्षमा छांै, केन्द्रिकृत राज्यसत्ता र शासन सदियौंदेखि विभेद र उत्पीडनमा पारिएका जनतालाई हस्तान्तरण गर्न चाहन्छौ ।’
सामन्ती शासकहरुले आम उत्पीडित समुदायलाई स्थानिय सरकारमा प्रनिधित्वबाट बञ्चित गर्ने मनसायले संविधान संशोधन सहितको पार्टीले उठाएको मुद्दा संवोधन बिनै चुनाव गरिएको आरोप लगाउँदै अध्यक्ष यादबले चुनाबलाई समेत सघर्षकै रुपमा लिएको बताए ।संघीय समाजवादी फोरम नेपाल सप्तरीको अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादब, केन्द्रीय उपाध्यक्ष एवम् तराई मधेश प्रदेशका संयोजक रेणु यादब र केन्द्रीय उपाध्यक्ष हेमराज राईले प्रशिक्षण दिएका छन् ।
प्रशिक्षण कार्यक्रममा केन्द्रीय सल्लाहकार सुमन चौधरी, केन्द्रीय सदस्य एबम राजनीतिक समिति सदस्य शैलेन्द्र साह, केन्द्रीय सदस्य एवम् सप्तरी जिल्ला ईञ्चार्ज अनिरुद्ध सिंह यादव, केन्द्रीय सदस्य एवम् सह–ईञ्चार्ज विनोद चौधरी, केन्द्रीय सदस्यहरु जगदेव यादव, उमेश यादव, सुर्यनाथ यादव, चित्तनारायण यादव, अशोक यादव, दिपक यादब लगायतको उपस्थिति रहेको थियो । यसैगरी नेता महेन्द्र प्रसाद चौधरी, जिल्ला निर्बाचन डेक्स सप्तरीका संयोजक उपेन्द्र प्रसाद साह, तराई मधेश प्रदेश समितिका सदस्यहरु यूसुफ अलि, राधेश्याम पंडित लगायतका जिल्ला स्तरीय नेताहरुको समेत उपस्थिति रहेको थियो । संघीय समाजवादी फोरम नेपाल सप्तरीका सदस्य निलेश झाद्वारा सञ्चालित कार्यक्रमा स्वागत जिल्ला सदस्य अरुण कुमार यादवले गरे भने कार्यक्रमको उद्देश्यबारे तराई मधेश प्रदेशका मुख्य सचिव शम्भु झाले प्रकाश पारे ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीद्धारा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, हनुमाननगर कंकालिनीमाई नगरपालिका, महादेवा गाउँपालिका, बेल्हीचपेना गाउँपालिका, कोईलाडी तिलाठी गाउँपालिका ईटहरी बिष्णुपुर गाउँपालिका र छिन्नमस्ता गाउँपालिकाका गरी आठ स्थानीय तहका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा आसन्न स्थानिय तह चुनावको तयारी तथा पार्टी विरुद्ध विपक्षीले फैलाएको भ्रम र राजनैतिक, बैचारिक सिद्धान्तबारे प्रशिक्षण दिईएको फोरम नेपाल सप्तरीले जनाएको छ ।