• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

१३औं साफ च्याम्पियनशिप छनौटमा परेका खेलाडीहरुलाई सम्मान

१३औं साफ च्याम्पियनशिप छनौटमा परेका खेलाडीहरुलाई सम्मान

राजविराज, २० साउन । १३ औं साफ च्याम्पियनशीपकालागि छनौटमा परेका दुई जना भारोत्तोलन खेलाडी राजविराजमा शुक्रवार सम्मानित भएका छन् ।

५६ केजी तौल समूहमा छनौटमा परेका सिनियरतर्फका मनोज यादव र जुनियरतर्फ रामकुमार यादवलाई जिल्ला खेलकुद विकास समिति परिषद्मा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । मैथिली फिल्मका मोडेल रिन्जन शर्मा (करण) शर्मासहितका कलाकारहरुको सक्रियतामा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागि वक्ताहरुले खेल क्षेत्रलाई राज्यले अझै उपेक्षा गरिरहेकोले यसतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए ।

उनीहरुले राष्ट्रका लागि खेल्ने खेलाडीहरुको आर्थिक अवस्था जर्जर रहेका कारण राम्रा खेलाडीहरु समेत विस्थापित हुने अवस्था रहेको सहभागिहरुले बताए । खेलाडीहरुलाई प्रोत्साहन गर्नकालागि स्थानीय निकायले समेत आवश्यक बजेट विनियोजन गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष धिरेन्द्र बर्मा (धिरु), प्रमुख महेन्द्र प्रसाद यादव, जिल्ला भारोत्तोलन संघका अध्यक्ष महेश यादव, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य असर्फी सदा, भारोत्तोलनका प्रशिक्षक पुन्तीलाल यादव, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, जुडो प्रशिक्षक नवनित झा लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन कलाकार मुकेश मण्डलले गरे ।