• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अख्तियारको टोलीद्वारा पिसी रकमसहित सचिव देव रङ्गेहात पक्राउ

अख्तियारको टोलीद्वारा पिसी रकमसहित सचिव देव रङ्गेहात पक्राउ

राजविराज, १९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीमा एक वडा सचिवलाई विहीबार पक्राउ गरेको छ ।
ईटहरी विष्णुपुर गाउँपालिकाको वडा नम्वर–५ बोरियाका सचिव सञ्जय कुमार देवलाई पक्राउ गरिएको हो । राजविराज स्थित राष्ट्रिय वाणिज्य बैंक अगाडि एक उपभोक्ता समितिबाट कमिशन वापतको रकम भन्दै ५५ हजार रुपैयाँसहित ईटहरी स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको छ ।
यस अघि गाउँ विकास समितिका सचिव समेत रहेका देवले उपभोक्ता समितिबाट अनिवार्य रुपमा कमिशन दिनुपर्ने वाध्यात्मक अवस्था आएपछि उपभोक्ता समितिका पदाधिकारीले गोप्य रुपमा खबर गरेका थिए । गोप्य सूचनाको आधारमा राजविराज आईपुगेको अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरी देवलाई साथै लगेको जनाईएको छ ।
उक्त विषयमा थप बुझ्न खोज्दा ईटहरी विष्णुपुर गाउँपालिकाका कार्यकारी अधिकृत मिश्रीलाल यादवसँग सम्पर्क हुन सकेन ।