बृजमान तामाङ/बिरेन्द्र बजार १३ साउन । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर– २ स्थित पौवा टोलमा शुक्रवार २० घर बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ ।
नेपाल आदिवासी जनजाती महासंघ सप्तरीको सहकार्यमा यूथ अफ बौद्धमोड झापाले राहत वितरण गरेको हो । बाढीबाट धरै क्षति भएका विपन्न परिवारहरुको पहिचान गरी प्रतिपरिवार २५ किलो चामल, साबुन ५ वटा, चिउरा २ किलो, फम म्याट १, बेडकोभर(तन्ना) २ थान, प्लाष्टिक गुन्द्री १ थान र जिवन जल २ पोकाको दरले यूथ अफ बौद्ध मोडका अध्यक्ष दिक्षा तामाङ, नेपाल आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, ईलाका प्रहरी कार्यालय रुपनीका ईन्चार्ज प्रहरी नायव निरीक्षक रामएकवाल यादव लगायतकाले राहत वितरण गरे । 
राहत पाउनेहरुमा जय नारायण दास, रामेश्वर खंग, राम आशिष खंग, सुन्दर खंग, मुनिलाल खंग, शिबल खंग, हलेश्वर मरिक, घुरण मरिक, झरिलाल खंग, उमेन्द्र शर्मा, छुतहरु खंग, हरि साह, रैजनी ठाकुर, राजी भुडेर, प्रमोद मघरैता, तारादेबी यादव, सुभाष यादव, भोला यादव, देवनारायण भुडेर र सञ्जय यादव रहेका छन् । राहत वितरण कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ सप्तरीका सल्लाहकार मेख बहादुर तामाङ, जिल्ला सदस्य दिल कुमारी चौधरी, नेपाल आदिवासी जनजाती महासंघ रायपुरका अध्यक्ष बसन्त चौधरी लगायतको समेत उपस्थिति रहेको थियो ।
यसैगरी यूथ अफ बौद्धमोड मेची नगरपालिका झापाका नबिना राई, विवेक नेम्माङ, ममता लामा, निकिता कार्की, बिकास ओझा, ज्योती राई, अनिसा खड्का, परिवर्तन तामाङ, डेनो मगर, दिपेस तामाङ, सजना तामाङ, देबेन्द्र कार्की, लुसन तिवारी साधाना तामाङ र रक्षा तामाङको उपस्थिति रहेको थियो ।