• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सचेत युवा रौतहट र तराई मधेश राष्ट्रिय परिषद्द्वारा बाढी पिडितलाई राहत

सचेत युवा रौतहट र तराई मधेश राष्ट्रिय परिषद्द्वारा बाढी पिडितलाई राहत

राजविराज, १३ साउन । सप्तरीको बाढी पीडितलाई सचेत युवा रौतहट र तराई मधेश राष्ट्रिय परिषदद्वारा संयुक्त रुपमा सप्तरी बाढी पिडित परिवारलाई राहत वितरण गरिएको छ ।
रौतहट जिल्ला गौर नगरपालिकाका सचेत युवा र मधेश प्रदेश अनलाइन तथा रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा अध्यक्ष अभिमन्यु कुमार पटेल र पहल नेपालको संयोजक एवं तराई मधेश राष्ट्रिय परिषद्का सदस्य युवा समाजसेवी सरोज रायका संयुक्त रुपमा तिलाठी कोइलाडी गाउँपालिकाका मण्डल बस्तीका बाढी पिडित र राजविराज नगरपालिका ९ मलेठ टोलका दलित बाढी पिडित गरि ८० घरधुरीका परिवारजनलाई राहत स्वरुप २५ किलो चालम, ५ के.जी. चिउरा, २ किलो दाल, २ किलो आलु, १ प्याकेट नुन, एक काटुर्न मिनिरल वाटर, १० प्याकेट चाउचाउ र एक एक थान शुद्ध पानी पिउने फिल्टर वितरण गरिएको सचेत युवा रौतहटको सदस्य ई. शशी यादवले जानकारी दिएका छन् ।
तेह्र जना अति विपन्न, गरिब, असहाय, गर्भवती महिलाहरुलाई २ हजारको दरले नगद वितरण गरेका हुन । त्यस्तै मधेश आन्दोलनामा एकै टोलका ३ जना सहिद परिवारलाई समेत राहत वितरण गरिएको रिपोटर्स क्लब नेपालका अध्यक्ष अभिमन्यु पटेलले बताएका छन् । अध्यक्ष पटेलका अनुसार राहत विदेशबाट क्षेत्रीय समाज बेल्जियमको महासचिव तथा एन.आर.एन बेल्जियका उपाध्यक्ष, समाजसेवी यशोदा थापा, रौतहटबाट होटेल रैन्बो, पूर्व मेयर तथा फोरम नेपालका मेयर उम्मेदवार गौरीशंकर प्रसाद यादव, टि.एम.सी.अस्पताल गौर, राजपुर गाउँपालिकावासी, गरुडा नगरपालिकावासी, परोहा गाउँपालिकाबाट नेपाली काँग्रेसका नेता शेख वकिल, एमालेका पवन कुमार पटेल, समुदायिक शक्ति नेपाल गौर लगायत विभिन्न ठाउँबाट सहयोगी महानुभाव व्यक्तिहरुबाट संकलित सहयोग रकमबाट राहत सामग्री बाढि पीडित परिवारलाई उपलब्ध गराईएको छ ।
राहत वितरण कार्यक्रममा मटुक पासवान, ओम प्रकाश पटेल, राकेश यादव, गंगा सदा, रेडियो छिन्नमस्ताका प्रबन्ध निर्देशक शिव प्रताप शाह, थारु पत्रकार संघका अध्यक्ष नबिन चौधरी, वडा प्रहरीका कार्यालयका प्रहरी सहायक निरीक्षक टेक नारायण चौधरी, प्रहरी जवान दुर्गानन्द चौधरी लगायतको सहयोगमा राहत वितरण गरिएको छ ।