• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
विद्युत चोरी गर्ने १६ जना पक्राउ

राजविराज, १२ साउन । सप्तरीको बिभिन्न स्थानबाट हुकिङ गरी बिद्युत चोरीमा संलग्न १६ जना विहीवार दिउँसो पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र विद्युत प्राधिकरण राजविराज शाखाबाट अनुगमनमा खटिएको संयुक्त टोलीले बिजुलीको तारबाट हुकिङ गरी विद्युत उपभोग गरिरहेको अवस्थामा उनीहरुलाई फेला पारी नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिईएका उनीहरुमाथि विद्युत चोरी नियन्त्रण ऐन अन्तर्गत कार्बाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।