• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेता प्याकुरेल भन्छन् ‘भ्रम फैलाए पनि जनता भने एमालेकै पक्षमा छन्’

नेता प्याकुरेल भन्छन् ‘भ्रम फैलाए पनि जनता भने एमालेकै पक्षमा छन्’

राजविराज, १२ साउन । नेकपा एमाले नेता एवम् सप्तरी इन्चार्ज सुमनराज प्याकुरेलले जिल्लाको समृद्धिका लागि एमालेलाई जिताउनुपर्ने बताएका छन् ।

नेकपा एमाले नगर प्रचार प्रसार समिति राजविराजद्वारा विहीवार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा एमाले नेताहरुले त्यस्तो आग्रह गरेका हुन् । एमालेको विकासप्रतिको प्रभावकारी कार्यबाट अतालिनेहरुले एमालेलाई मधेश विरोधीको संज्ञा दिने गरेको चर्चा गर्दै उनले विरोधीले जति भ्रम फैलाएपनि जनता भने एमालेकै पक्षमा रहेको बताए । उनले एमाले अध्यक्ष ओलीलाई जिल्ला प्रवेशमा रोक लगाउने केही नेताहरुप्रति आक्रोश व्यक्त गर्दै निषेधको राजनीति तत्काल बन्द गर्न चेतावनी पनि दिएका छन् । राजेन्द्र महतो काठमाण्डौ जाँदा एमालेले निषेध नगर्ने तर ओली सप्तरी आउँदा निषेध गर्ने ? प्रश्न गर्दै उनले आफ्नो अधिकार खोज्दा अरुको अधिकार नखोसियोस् भन्ने तर्क पनि सवैले सचेत हुनुपर्ने बताए । लोकतन्त्रमा यस्तो लाजमर्दो काम नगर्न उनले अन्य दललाई सुझाव समेत दिए ।

मलेठ घटनाको प्रसंग कोट्याउँदै उनले एमालेलाई बदनाम गर्न तत्कालीन सत्तासिन कांग्रेस र माओवादीको सरकारले प्रहरीलाई जनतामाथि गोली चलाउने आदेश दिएको भन्दै मलेठ घटनाको वास्तविक जिम्मेवार कांग्रेस र माओवादी नै भएको बताए ।  एमाले तर्पmबाट राजविराज नगरपालिकाको मेयर पदकालागि घोषित उम्मेदवार सुखराम यादवले सवै जनतालाई समेटेर नगरको उन्नति गर्न सक्ने प्रष्ट दृष्टिकोण र सिद्धान्त आफुसँग भएको बताउँदै एकपल्ट नगर हाँक्ने जिम्मा दिन आग्रह गरे । राजविराजलाई समृद्ध सहर बनाउने योजनासहित आफुले उम्मेदवारी दिएको बताएका उनले आफ्नो उम्मेदवारी पहिलो र अन्तिम नै भएकोले एकपल्ट अवसर प्रदान गर्न आग्रह गरे ।

नगरवासीका आधारभूत आवश्यकता आफुले पुरा गर्ने दावी गरेका उनले परीक्षाका लागि सवै उम्मेदवारहरुलाई एउटै मञ्चमा ल्याई सार्वजनिक सुनुवाई र घोषणा पत्र ल्याई आ–आफ्नो प्रतिबद्धता सार्वजनिक गर्न चुनौती पनि दिए । उनले ५ वर्षे कार्यकालको योजना अघि सार्दै ५ वर्षमा ५ हजार युवालाई रोजगार, वडा वडामा सेवा विस्तार, जेष्ठ नागरिक भत्तामा दोब्बर बृद्धि, गृहिणीहरुलाई ग्याँस, दाउरा, मटिृतेल आदि खर्चमा ५० प्रतिशत रकम सहयोग लगायतका विभिन्न सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।

वैरसु यादवको अध्यक्षतामा आयोजित कार्यव्रmममा जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, नगर सह–इन्चार्ज अखिलेश झा लगायतले पनि जिल्लाको समृद्धि र विकासको लागि एमालेलाई जिताउनु पर्नेमा जोड दिए । कार्यक्रममा काँग्रेस, माओवादी, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी १ सय ५ जना एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीलाई एमाले सप्तरी अध्यक्ष न्यौपाने र इन्चार्ज प्याकुरेल लगायतले फुल, माला र अविर लगाई स्वागत गरेका छन् । कार्यव्रmम सञ्चालन कानून ब्यवसायी राम कुमार यादवले गरे।