राजविराज, १० साउन । करिब दुई वर्षअघि रहस्मय तरिकाबाट मृत्यु भएका राजविराज नगरपालिका–७ का जितेन्द्र नारायण देव घटनाप्रति देव सेवा समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
समितिका अध्यक्ष ध्रुव देवले मङ्गलवार प्रेस विज्ञप्ति जारी गर्दै जितेन्द्रनारायण हत्याराहरु हालसम्म पक्राउ नपरेकोप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । २०७२ साल असोज ३० गते ३० बर्षीय देवको नृशंस तरिकाले हत्या गरिएको अवस्थामा बरही बीरपुर ८ स्थित कोशी नहरमा शव फेला परेको थियो । हत्या भएको दुई बर्ष भइसक्दा समेत प्रहरीले घट्नाको छानबिन गरी दोषीलाई पक्राउ नगर्नु बिडम्बना भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
हालसम्म घट्नाको सत्यतथ्य बाहिर नआउनु दुःखद भएकाले उक्त घट्नाको वास्तविकता वाहिर ल्याई दोषीलाई कार्वाही गर्न अध्यक्ष देवले जोड्दार माग गरेका छन् । उक्त घटनाको उच्चस्तरीय छानबिन गरी दोषीलाई कडा कार्वाही र मृतकको परिवारलाई क्षतिपूर्ती प्रदान गर्न राज्य पक्षसँग माग गरेका छन् ।