• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आफ्नै बुवासँग अपहरणको नाटक गरी फिरौती माग गर्ने पक्राउ

आफ्नै बुवासँग अपहरणको नाटक गरी फिरौती माग गर्ने पक्राउ

राजविराज, ८ साउन । आफ्नै बुवाबाट अपहरणको नाटक गरी फिरौती माग गर्ने छोरासहित सहयोगीलाई सप्तरी प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
भारतको सुपौल जिल्लाको डगमारा ग्राम पञ्चायत– ८ कुनौलीका गोसाई मण्डलको २२ छोरा देबचन्द्र कुमार मण्डलले अपहरणको नाटक गरी नेपालतर्फ आई सप्तरी इलाकामा आई आफ्नै बुवासँग फिरौतीको माग गर्न लगाउँदैआएका थिए । नेपाली मोवाइल ९८११७४३४९२, बाट निज देबचन्द्र कुमार मण्डलको बुबा गोसाई मण्डलको मोवाइल नं.९५०१६२०८५५ मा फोन गरि १ लाख भारतीय रुपैयाँ फिरौती रकम मांग गरि फोन गरेको भन्ने विषेश सूचनाको आधारमा अपहरणकारी तथा पिडीत भनिएका देबचन्द्रको खोजतलासका क्रममा शनिवार शम्भुनाथ बजारमा सादा पोशाकका प्रहरीको टोलीले फिरौती रकम लिन भनी आएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् । ।
सिराहाको साविक फुलकाहाकट्टी–६ हाल धनगढी नगरपालिका वडा नम्वर ४ का २४ वर्षिय रविन चौधरी र जिल्ला सप्तरी साविक हरिपुर गाविस वडा नम्वर–१ हाल सुरुङ्गा नगरपालिका वडा नम्वर– ५ का २० वर्षिय नागेन्द्र चौधरीलाई शम्भुनाथ चोकबाट नियन्त्रणमा लिएको तथा उनीहरुसँगको सोधपुछको आधारमा अपहरित भनिएका देबचन्द्र कुमार मण्डललाइ कडरवोना चोकमा फेला पारिएको थियो । भारतमा कार मर्मत गर्ने व्यापार गर्ने सिलसिलामा व्यापारमा घाटा लागेकोले बुबा गोसाईसँग पैसा मांग गर्दा बुबाले पैसा नदिएकोले अपरहणमा परेको बहाना बनाई बुबासँग पैसा लिनु प¥यो भन्ने योजना बनाई नेपालतर्फ आएर योजना बमोजिम रकम माग गर्दैआएको पत्रकार सम्मेलनमा देवचन्द्रले जानकारी दिएका छन् ।
योजना बमोजिम नर्सरीमा काम गर्ने नागेन्द्र र रविनले १ लाख फिरौती रकम मांग गरि फोन गरेको भन्ने अनुसन्धानबाट खुल्न आएपछि अपहरण भएको नाटक गर्ने र सुरक्षाकर्मीहरु समेतलाई अनावश्यक हैरानी दिई कामकार्वाहीमा समेत बाधा पुर्याएकोले उनीहरुमाथि केही सार्वजनिक अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिएका छन् ।