बिरेन्द्र बजार ६ साउन । सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार सञ्चार क्षेत्रमा आदिवासी जनजाती पत्रकारहरुको सहभागिता विषयक एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।
सूचना तथा सञ्चार मन्त्रालय सिंहदरवार काठमाण्डौको सहयोगमा नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) सप्तरीले कार्यक्रमको आयोजना गरिएको हो । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सप्तरीका अध्यक्ष बृजमान तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमा प्रमुख अतिथी पुर्वाञ्चल प्रमुख साहिमान राई रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष शिबहरी भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णु कुमार मण्डल, नेपाल आदिबासी जनजाती महासंघ सप्तरीका संस्थापक अध्यक्ष रघु कुमार सिंह थारु, सञ्चार यात्रा नेपालकी संस्थापक अध्यक्ष करुणा झा लगायतले मन्तब्य व्यक्त गर्दै सञ्चार क्षेत्रमा आदिवासी जनजाती पत्रकारहरुको सहभागीता बढाउन सर्बपक्षिय सहयोग आबश्यक रहेको बताए ।
न्यूज टुडे दैनिकका सम्पादक श्यामसुन्दर यादव, संघीय प्रेस फोरमका केन्द्रीय सदस्य शिव प्रताप साह, प्रेस मञ्च सप्तरीका अध्यक्ष शुभचन्द्र झा, नेपाल धानुक समाज सप्तरीका कोषाध्यक्ष हरि मण्डल लगायतले आदिवासी जनजाती पत्रकारहरुलाई सञ्चार क्षेत्रमा लाग्न सञ्चारकर्मी र आदिवासी जनजाती आधिकारकर्मीले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सप्तरीका पुर्ब सचिब डम्बर राई तयार गरेको कार्यपत्र अध्यक्ष तामाङले प्रस्तुत गरे । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सप्तरीका सचिव जितेन्द्र प्रसाद चौधरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रमोद चौधरीले गरे । कार्यक्रममा विभिन्न सञ्चार माध्यमका सम्पादक, एफएमका स्टेशन म्यनेजरहरु, विभिन्न पत्रकारहरुको संगठन, क्रियाशिल पत्रकारहरु, आदिवासी जनजाती आवद्ध सङ्गठन र आदिवासी जनजाती पत्रकारहरुको सहभागीता रहेको थियो ।