राजविराज, २८ असार । शहिद दशन मेमोरियल प्रतिष्ठान मलेकपुर–५ खुरहुरियाद्वारा बुधवार वालवालिकाहरुकालागि वाल अधिकार सम्वन्धि प्रशिक्षण कार्यक्रम आयोजना गरियो ।
जिल्ला समन्वय समिति सप्तरीको सहयोगमा राजविराज स्थित आधारभूत विद्यालय केन्द्र नम्वर–६ मा वाल अधिकार सम्वन्धि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । दुई छुट्टा–छुट्टै स्थानमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत ६० जना छात्र–छात्रहरुको सहभागिता रहेको थियो । तालिममा पत्रकार श्यामसुन्दर यादव, विद्यालयका शिक्षक रामायणी साहलगायतले वालवालिकाहरुलाई वाल अधिकार तथा बाल हिंसा, विभेद, बाल सशक्तिकरण, विकृति विसङ्गतीलगायतका विषयमा प्रशिक्षण दिएका छन् । शहिद दशन मेमोरियल प्रतिष्ठानका कार्यक्रम संयोजक सरोज कुमार यादवको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक शंकर यादवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवसरमा विद्यालयका शिक्षकहरु दिलिप कुमार वर्मा, महेशचन्द्र दास, हरिनारायण यादव, सबिर अहमदलगायतको उपस्थिति रहेको थियो ।