• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेपाली सेना सम्वन्धि रिपोर्टिङ्ग गर्न सप्तरीका पत्रकार यादव अफ्रिकी मुलुक भ्रमणमा

नेपाली सेना सम्वन्धि रिपोर्टिङ्ग गर्न सप्तरीका पत्रकार यादव अफ्रिकी मुलुक भ्रमणमा

राजविराज, २८ असार । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली सेनाको जिम्मेवारी र सहभागिताबारे रिपोर्टिङ गर्न सप्तरीका बैद्यनाथ यादवसहित ४ जना पत्रकारहरू बुधबार साउथ अफ्रिका प्रस्थान गरेका छन् ।
युएनको चार्टर्ड विमान ईथोपियन एयरलाइन्सबाट नेपाली सेनाको १४ नम्बर बाहिनीका सहायक रथी तारा बिक्रम शाहको नेतृत्वमा सप्तरी जागरण साप्ताहिकका सम्पादक एवं एभिन्युज टेलिभिजनका बरिष्ठ रिपोर्टर यादव सहित पत्रकारहरू माधव कुमार पौडेल, अरूण ज्ञवाली , पुरूषोत्तम खत्री , अर्थ, रक्षा, सञ्चार र गृह मंत्रालयका उप–सचिवहरू सहभागी रहेको शान्ति मिसन निर्देशनालयका प्रमुख सेनानी हरिष बमले जानकारी दिएका छन् ।
दुई सातासम्म उक्त टोलीले अफ्रिकी मुलुक युगान्डा, कंगो र सुडानमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाले पु¥याएको योगदानको स्थलगत अवलोकन, भ्रमण र रिपोर्टिङ गर्ने कार्यक्रम रहेको नेपाली सेना जङ्गी अड्डा डिपिआरका सञ्चार संयोजक सेनानी (मेजर) राम बहादुर बोहराले बताए । हाल अफ्रिकी मुलुकमा देखिएको द्वन्द्व व्यवस्थापनकालागि नेपाली सेना सहित १०५ देशका आर्मी कार्यरत छन् । शान्ति मिसनका लागि यस बर्ष नेपालबाट एक हजार ५१ जना छनौटमा परेका छन् । विगत १९ बर्षदेखि सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आइरहेका यादव केही दिन अघि १५ जना नेपाली पत्रकारहरूको नेतृत्व गर्दै भारत भ्रमण गरेका थिए ।
नेपाली सेनाले शान्ति मिसनकालागि एभिन्युज टेलिभिजन बरिष्ठ सम्वाददाता यादवलाई छनौट गरेकोमा टेलिभिजनका कार्यकारी प्रमुख भाष्करराज राजकर्णिकारले नेपाली सेनालाई धन्यवाद दिँदै मंगलबार बिहान एक कार्यक्रम बीच सम्मान तथा विदाई गरेको छ । सो अवसरमा एभिन्युज टेलिभिजनका समाचार प्रमुख चिरञ्जीवी शाह, प्रशासन चिफ शरद श्रेष्ठ, अर्थ विभाग प्रमुख मिलन श्रेष्ठ , नायव महाप्रबन्धक समृद्धिराज कर्णिकार लगायतका उपस्थिति थियो ।