• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

रौतहटका पत्रकारहरुको पहलमा सप्तरीका बाढी पीडितलाई राहत

रौतहटका पत्रकारहरुको पहलमा सप्तरीका बाढी पीडितलाई राहत

राजविराज, २७ असार । रौतहटका यूवा पत्रकारहरुको अगुवाइमा संकलन गरेर ल्याईएको राहत सामग्री सप्तरीको सकरपुरा र रायपुरमा मङ्गलवार वितरण गरिएको छ ।
बाढी पीडितहरुलाई म्याट, चुरा, दालमोठ, बिस्कुट, भूजिया, झुल, मिनरल वाटर, चाउचाउ, गम्छा, सेनेटरी प्याडसहितका सामग्री दुवै ठाउँका एक सय परिवारलाई वितरण गरिएको रौतहटका पत्रकार रमेश ठाकुरले जानकारी दिएका छन् ।
यसैगरी सकरपुरामा जिल्ला खानेपानी डिभिजन कार्यालय राजविराजले ६५ परिवारलाई एक–एक थान बाल्टिनसहित सरसफाई सामग्री वितरण गरेको छ । राहत वितरण कार्यक्रममा जिल्ला खानेपानी कार्यालयका प्रमुख लोकेन्द्र यादव, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, कोशी पीडित समाजका निर्देशक देवनारायण यादव, युनिसेफकी सुनिता सुल्फे, प्रेस यूनियनका कार्यवाहक अध्यक्ष आर.एन. विश्वास, यूवा नेता निरज मुक्ति समेतको उपस्थिति रहेको थियो ।