• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

वालुवाको बाँध बनाएर रकम पचाउनेलाई कार्वाही हुन्छः कांग्रेस नेता गुरुङ्ग

वालुवाको बाँध बनाएर रकम पचाउनेलाई कार्वाही हुन्छः कांग्रेस नेता गुरुङ्ग

राजविराज, २७ असार । नेपाली कांग्रेसका नेता एवम् सांसद धनराज गुरुङ्गले सप्तरीको बाढी पीडितहरुको अवस्थाबारे जानकारी लिँदै सोमवार राहत उपलब्ध गराउनुभएको छ ।

सांसद गुरुङ्गले आफ्नो एक महिनाको पारिश्रमिक रकमबाट सप्तरीको मयनाकडेरी, भेडिया र रघुनाथपुरका १ सय १० परिवारलाई प्रति परिवार एक–एक थान सुपा नेट झुल उपलब्ध गराएका हुन् । बाढी प्रभावित बस्ती तथा कटान भएका क्षेत्रहरुको निरीक्षण पश्चात मैनाकडेरी स्थित सशस्त्र प्रहरी बल बेस क्याम्प छेउँमा भेला भएका बाढी पीडितहरुलाई उक्त सुपेरियर सुपानेट झुल विरतण गरेका छन् ।बाढी प्रभावित क्षेत्रका बस्ती तथा कटानको अवस्थाको अवलोकन पश्चात उनले पीडितहरुको दैनिकी कष्टकर रहेकोले स्थायी समाधानकालागि राज्य संयन्त्र गम्भीर बन्न नसकेको टिप्पणी गरे ।

भत्किएको बाँध निर्माणमा नेपाली सेना र सशस्त्र प्रहरी जुटेको भए पनि आवश्यक उपकरण र जनशक्तिको समेत अभाव रहेको बताउँदै उनले भने ‘हाल भईरहेको काम अत्यन्तै सराहनीय छ तर समस्याको स्थायी समाधानकालागि सिंचाई डिभिजनलगायतका कार्यालयहरु जिम्मेवार देखिएन ।’बाँध निर्माणमा उदासिनता देखिएकोले तत्काल गम्भीर बन्न सांसद गुरुङ्गले आफुले सप्तरीका बाढी पीडितहरुको विषयमा संसदमा समेत कुरा उठाउने प्रतिवद्धता व्यक्त गरे ।

बाँध निर्माणका क्रममा सरकारी रकम व्यापक दुरुपयोग भएको भनी आम जनताबाट गुनासो आएको बताउँदै सांसद गुरुङ्गले भने ‘बालुवाको बाँध बनाएर सरकारी रकम दुरुपयोग गर्नेहरुमाथि छानविन गरी दोषीलाई कडा कार्वाही हुन्छ ।’बाढी प्रभावित क्षेत्रमा खानेकुरा, खानेपानी, स्वास्थ्यलगायतका समस्याहरु देखिएको भनी प्रतिक्रिया दिंदै उनले सर्वसाधारण जनताको समस्यालाई राज्यले बुझ्नुपर्नेमा जोड दिए ।उक्त अवसरमा नेपाली सेना कृष्ण दल गणका गणपति रमेश कुमार बञ्जारा, सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक रामाआधार यादव, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अवधेश कुमार झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सचिव जितेन्द्र कुमार झा, लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचन, नेपाली काँंग्रेस पर्साका महासमिति सदस्य शम्भु चौहानसमेतको उपस्थिति रहेको थियो ।

यसैगरी ४० थान झुल राजविराज नगरपालिकाको वडा नम्वर–१ स्थित डुमरी टोलका बाढी पीडित परिवारलाई समेत ४० थान झुल वितरण गरिने सांसद गुरुङ्गले  जानकारी दिएका छन् ।