• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विद्युत लोडसेडिङ्ग विरुद्ध फत्तेपुर–कञ्चनपुर सडक अवरुद्ध

विद्युत लोडसेडिङ्ग विरुद्ध फत्तेपुर–कञ्चनपुर सडक अवरुद्ध

शिव प्रसाद आचार्य, फत्तेपुर, २४ असार । विद्युत लोडसेडिङ्ग विरुद्ध स्थानीयवासिन्दाले शनिवार फत्तेपुर–कञ्चनपुर सडक पाँच घण्टा अवरुद्ध गरेका छन् ।
विगत एक महिनादेखि त्यसक्षेत्रमा दैनिक २० घन्टा लोडसेडिङ भएको भन्दै स्थानियले शनिवार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सडकमा टेण्ट टाँगेर बसी सडक अवरुद्ध गरेका हुन् । अवरोधकर्ताले बिजुली नियमित हुनुपर्ने, बलार्दह सबस्टेशनमा कर्मचारी नियमित हुनु पर्ने, विद्युत काउन्टर स्थापना हुनुपर्ने लगायतका माग राखी स्थानियवासिन्दा आन्दोलनमा उत्रेका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल र विधुत प्राधिकरण सप्तरीका डि.ई राम अवतार साहको उपस्थितिमा सहमती भई अवरुद्ध यातायात सुचारु गरिएको सप्तकोशी नगरपालिका–४ बलार्दहका प्रबिन श्रेष्ठले बताए । प्रमुख जिल्ला अधिकारी कटवालले विद्युत सब–स्टेशन, ट्रान्सफर, फतेपुर क्षेत्रको विद्युत वितरणको अवस्थाबारे जानकारी लिएका छन् ।