• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हरेक निकायमा स्वर्णकार जातिको समानुपातिक सहभागिता माग

हरेक निकायमा स्वर्णकार जातिको समानुपातिक सहभागिता माग

कञ्चनपुर, २४ असार । स्वर्णकार समाज सेवा समिति सप्तरीले राज्यको हरेक निकायमा स्र्वणकार जातिको समानुपातिक सहभागिता गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका–८ बजारमा स्वर्णकार समाज सेवा समिति सप्तरीको उद्घाटन समारोहमा समितिद्वारा जारी कार्ययोजनामा यस्तो माग गरिएको हो । समितिका महासचिव मुकेश स्वर्णकारले संस्था गठनको उद्देश्य र त्यसले गर्ने कार्यहरुको कार्ययोजना प्रस्तुत गरेका छन् ।
समितिले दाइजो प्रथा न्यनिकरण गर्न समाजिक रुपमा छलफल गर्नुपर्ने, जातिय एकता तथा मेलमिलाप सुदृढिकरण,जाति जाति बीचको मतभेद तथा मनमुटाव अन्त्य,स्र्वणकार जातिको जनसंख्याको अधारमा स्थानीय तहको चुनावमा प्रतिनिधित्व गराउनु पहल गर्ने र समितिद्वारा जातीय जनगणना समेत गर्ने कार्ययोजना प्रस्तुत गरेको छ । महासचिव साहले प्रस्तुत गरेको कार्ययोजनामा स्र्वणकार समुदायलाई राज्यको सरकारी जागिर र राजनीतिमा जनसंख्याका अधारमा सहभागी गराउन पहल गर्ने, स्र्वणकार जातिको इतिहास र संस्कृतिबारे अध्ययन अनुसन्धान गर्ने, उक्त समुदायका एकल तथा वृद्ध महिलाहरुलाई समान गर्ने र गरिव स्र्वणकारका छोरा छोरीको विहे लगायतका कार्यमा आर्थिक सहयोग जुटाउने समेत कार्ययोजना प्रस्तुत गरेका छन् ।
सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले स्र्वणकार समुदाय पेशागत हिसाबले सबल रहेको भन्दै गुणस्तरीय शिक्षामा लगानी र खर्च व्यवस्थापन गर्न समेत यो समुदाय नयाँ उचाईमा पुग्नसक्ने बताए । नेपाली कांगे्रसका क्षेत्रीय सभापति ललन प्रसाद गुप्ताले स्वर्णकार समाजका युवाहरुले आपनो जातीय पहिचान गराउन राम्रो कामको थालनी गरेकोमा धन्यवाद दिए ।
सोही कार्यक्रममा नेकपा एमालेका क्षेत्रीय ईन्चार्ज बसन्त मिश्रले स्वर्णकार समाजमा देह प्रथा हटाउनुपर्ने बताउदैं दहेजको बदलामा आपनो छोराछोरीहरुलाई उच्च शिक्षातर्फ लगानी लगाउँदा उत्तम फाइदा हुने बताए । उद्घाटन कार्यक्रममा सांसद मानपुर चौधरी, स्वर्णकार समाज सेवा समितिका केन्द्रिय सदस्य ललन स्वर्णकार, महिला नेतृ तारा कटुवालले आ–आपनो स्वर्णकार समाजका लागि सहयोग गर्ने सो जातीय संगठन अगाडि बढ्न समेत शुभकामना दिए ।
उद्घाटन कार्यक्रममा स्वर्णकार समाज सेवा समितिको बारेमा समितिका महासचिव मुकेश स्वर्णकारले समाजको पृष्ठभुमि, जातीय संगठन निर्माण र आगामी कार्ययोजनाको बारेमा प्रस्तुती गरे । समाजका सल्लाहकार श्यामसुन्दर साहको अध्यक्षतामा तथा सञ्जय स्वर्णकारले स्वागत मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा सिरहा, सप्तरी, उदयपुर, मोरङ्ग लगायतका जिल्लाका स्वर्णकार समुदायको सहभागिता रहेको थियो ।