• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा एकद्वार प्रणालीबाट राहत वितरण गरिने

सप्तरीमा एकद्वार प्रणालीबाट राहत वितरण गरिने

राजविराज, २१ असार । सप्तरीको बाढी प्रभावित क्षेत्रमा विभिन्न संघ–संस्थाले आ–आफ्नै ढङ्गले राहत वितरण गरिरहेकोले व्यवस्थित गर्न एकद्वार प्रणाली अपनाइने भएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटवालको अध्यक्षतामा बुधवार बसेको जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बाढी पीडितहरुको आवश्यकता समेतलाई मध्यनजर गर्दै राहत वितरण कार्यलाईलाई व्यवस्थित गर्न यस्तो निर्णय गरिएको हो । सोही बैठकले बाढी सम्बन्धि तथ्यांक द्रुत गतिमा संकलन गर्नकालागि जिल्ला समन्वय समिति तथा सम्बन्धित नगरपालिका एवं गाउँपालिकालाई आग्रह गर्ने निर्णय गरेको छ ।
सूचना संकलनकालागि स्थानीय राजनीतिक दल, नागरिक समाज, सामाजिक संघ संस्थाहरुसँग सम्पर्क तथा समन्वय गर्ने र प्राप्त सूचनालाई सञ्चारमाध्यम एवम् सञ्चारकर्मीमार्फत प्रवाह गर्ने निर्णय गरिएको जनाइएको छ । बाढीबाट विस्थापित भएका तथा प्रभावितहरुलाई प्रभावकारी राहतकालागि युनिसेफ, सेफ द चिल्ड्रेन, युएनएफपीए, कारिताश, अक्सफाम लगायतका संस्थाहरुसँग समन्वय तथा सहयोग माग गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका विपद व्यवस्थापन शाखाका अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् ।