राजविराज, १९ असार । राष्ट्रिय जनता पार्टी नेपालको विद्यार्थी संगठन सर्लाहीद्वारा सोमवार सप्तरीको मयनाकडेरीमा पाँच सय बाढी पीडितलाई राहत वितरण गरियो ।
बाढी पीडितलाई चिउरा, चाउचाउ, बिस्कुट, नुन, पानी र केही औषधी वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा राजपा नेपालका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, केन्द्रीय सचिव उपेन्द्र महतो, केन्द्रीय सदस्यहरु विपी यादव, दिपेन्द्र प्रसाद चौधरी, विजय कुमार यादव, कुमरकान्त मिश्रा, सर्लाही जिल्ला अध्यक्ष मण्डलका अध्यक्ष प्रमोद साह, राजपा विद्यार्थी संगठन अध्यक्ष मडल के केन्द्रीय अध्यक्ष किशोर कुमार यादव (केसी), मनिष मिश्रा, उपाध्यक्ष विनोद कुमार मण्डल, सरोज यादव, महेश, विनय, शैलेन्द्र यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

