राजविराज, १९ असार । सांसद मिथिला चौधरीको सहयोगमा बाढ़ीबाट प्रभावित मलेठको दलित बस्तीमा सोमवार खाद्यान्न सामग्री वितरण गरिएको छ । स्थानीय खंग, राम तथा तत्मा समुदायका ७० परिवारलाई खानेकुरा वितरण गरिएको हो ।
पत्रकारद्वय निर्भय कर्ण, रक्षा चौधरी, सहयोगी कार्यकर्ता कल्पना देव, सहयोगी कृष्णा गुप्ता, राजाराम पासवान र अमर दासले खाद्यान्न सामग्री वितरण गरेका छन् । च्यूरा, चाउ–चाउ, भुजिया, भूजा, बिस्कुट वितरण गरिएको छ । मलेठका समाजसेवी चन्दर यादव र ललिता मण्डलको उपस्थितिमा खाद्यान्न सामग्री वितरण गरिएको छ ।
यसैगरि बसबिट्टी गाविसका बाढी पीडित आठ परिवारलाई आइतवार खानेकुराको व्यवस्था गरिएको थियो । आफुले बाढ़ी पीड़ितलाई सक्दो सहयोग र पहल गर्ने सांसद मिथिला चौधरीले बताईन् । सप्तरीका विभिन्न गाउँमा आएको बाढ़ीले प्रभावित भई भएको क्षतिले आफु दुःखी रहेको सांसद चौधरीले प्रतिक्रिया दिईन् । सरोकारवालाले सप्तरीको बाढ़ी प्रभावित क्षेत्रहरूमा सहयोग गर्न उनले आग्रह समेत गरेकी छिन् ।