बिरगंज १९ असार । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मीले मधेस आन्दोलनका शहिदद्वय दिलिप चौरसिया र धर्मराज सिंहको सम्मानमा बाटोको नामांकरण गरेका छन् ।
राजपा नेपाल बिरगञ्ज महानगर कमिटीले राधेमाइमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कुर्मिले मधेसको समाजिक, आर्थिक र सांस्कृतिक एवं राजनीतिक उत्थानसँगै समाजिक विकृती, भ्रष्टाचार निर्मुल पार्न राजपाको आगामी कार्यक्रम हुने उद्घोष गरे । मधेश आन्दोलनमा शहादत दिएका वीर सहिदहरुको कुर्बानी खेर नजाने र मधेस अधिकार सम्पन्न नभएसम्म संघर्ष जारी रहने बताए ।
बिरगञ्ज महानगरपालिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले शहिदहरुको सम्मानमा घोषणा गरिएको शहिद पथलाई महानगरपालिकाको परिषद्बाट मुर्तरुप दिने बताए । शहिद पथ नमाकरण समारोहमा राजपाका महासचिवद्वय शिव पटेल, कदम रसुल, सह–महासचिव निजामुद्दिन समानी, केन्द्रीय सदस्यहरु रम्भा मिश्रा, बिपिन यादव, मुनि श्रीवास्तव, पुण्यदेव यादव, राजपा पर्सा जिल्ला अध्यक्ष मण्डलका अध्यक्षहरु प्रेमबाबु पटेल, विरेन्द्र यादव, मुस्तकिम अन्सारी, कृष्ण पटेल, महिला नेता रेखा साहलगायतले मन्तव्य व्यक्त गरे ।
राजपा बिरगंज महानगर कमिटीका अध्यक्ष ओमप्रकाश सरार्फको सभापतित्वमा सम्पन्न समारोहलाई उमेशलाल सहनीले सहजीकरण गरेका कार्यक्रममा स्वागत मन्तव्य युवा नेता रञ्जन मिश्राले गरे ।
मधेस आन्दोलनको क्रममा २०७२ भाद्र १४ गते दिलिप चौरसिया र १५ गते धर्मराज सिंह प्रहरीको गोली लागी शहादत प्राप्त गरेका थिए । शहिद चौरसियाको सम्मानमा पदम रोडदेखि गण्डकसम्मको नहर बाटोलाई शहिद दिलिप पथ र पदम रोडदेखि रामराजा पुल हुँदै जगरनाथपुरसम्मको बाटोलाई शहिद धर्मराज पथ नमांकरण गरिएको छ । नामांकरण समारोहमा शहिद चौरसियाका दाजु पृथ्वी चौरसिया र शहिद सिहका दाजु करण सिह राजपुतलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।