• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बाढीको पानीमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

बाढीको पानीमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

अजय भगतहनुमाननगर, १७ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गत सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प वर्साइनमा कार्यरत एक प्रहरी जवानको शनिवार डुबेर मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बेस क्याम्पको छेउमा आएको बाढीको पानीमा डुबेर २९ वर्षिय प्रहरी जवान सुमन आचार्यको मृत्यु भएको हो । बाढीको पानीको गहिराई जाँच्ने क्रममा इलाम घर भएका उनी अपरान्ह १२.३० बजेको समयमा डुबेका थिए । हराई रहेका उनको शव दिउँसो ३.३० बजेको समयमा शव फेला परेको सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प वर्साइनले जनाएको छ ।