काठमाडौं, १४ असार । दोस्रो चरणको स्थानीय तहको चुनावमा प्रदेश नम्वर १, ५ र ७ का ३३४ स्थानीय तहका जनप्रतिनिधि चुन्न आज निर्वाचन हुन भईरहेको छ ।
बिराटनगर महानगरपालिकाका सहित ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा चुनाव हुन लागेको हो । कुल १५ हजार ३८ पदका लागि ६२ हजार ४०८ उम्मेदवारचुनावी प्रतिस्पर्धामा उत्रेका छन् । जसमध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।
दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी हुने आयोगले जनाएको छ । निर्वाचनकालागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएका छन् ।
शान्तिपूर्ण वातारवणमा मतदाताहरुले मतदान गरिरहेका छन् । केही स्थानहरुमा भने वर्षाका कारण मतदानमा समान्य अवरोध उत्पन्न भएको जनाईएको छ । चुनावमा मतदाताहरुको सहभागिता उत्साहजनक देखिएको छ ।
तस्विरः वैद्यनाथ यादव/ बिराटनगर