• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

धनुषामा विद्यालयका प्रधानाध्यापक शर्मामाथि गोली प्रहार

धनुषामा विद्यालयका प्रधानाध्यापक शर्मामाथि गोली प्रहार

धनुषा, ११ असार । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा एक विद्यालयका प्रधानाध्यापकमाथि अज्ञात समूहले आइतवार विहान गोली प्रहार गरेको छ ।
लक्ष्मीनिया गाउँपालिका स्थित विलट साह सर्वोदय माध्यमिक विद्यालय सिनुरजोडामा कार्यरत प्रधानाध्यापक नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । जनकपुर उपमहानगरपालिका–७ घर भएका ५० वर्षिय शर्मालाई गालामा गोली लागेको जनाईएको छ । गोली लागेका शर्मालाई तत्कालै उपचारकालागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।
उनी सदा झैं विद्यालय जाने क्रममा बिहान साढे ६ बजेको समयमा लक्ष्मीनिया चोकदेखि पश्चिमतर्फको बाटोमा मोटरसाइकलमा चढेर आएका हतियारधारीहरुले गोली हानेर भागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक शर्माको अवस्था गम्भीर बन्दै गईरहेकोले थप उपचारकोलागि हेलिकप्टरबाट काठमाडौं पठाउने प्रयास भइरहेको छ ।