• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मतअभिमत

‘हाम्रो राष्ट्रवादको पुरानो सोच बदल्नुपर्छ’

‘हाम्रो राष्ट्रवादको पुरानो सोच बदल्नुपर्छ’
शिवराम यादव

शिवराम यादव । जनयुद्धको बेला मातृका कमरेड दिल्लीमा समातिनुभन्दा एक हप्ता पहिला अखिल क्रान्तिकारीको केन्द्रीय समितिको बैठक बसेर पुर्वी कमान्डको बैठक बस्न सिलिगुडी गएका थियौं । म, युवराज चौलागाईं (हाल माओवादी केन्द्रको विदेश विभाग सचिव ) र अरु पनि साथी सिलिगुडी बजार घुम्दै थियौं ।
एक जना ढाकाटोपी लगाएका मान्छेलाई देखेपछि युवराजजीले ‘हाम्रै नेपाली रहेछ’ भनेपछि मैले प्रश्न गरें ‘तपाईं के आधारमा वहाँलाई नेपाली भन्नू भो ?’ वहाँको उत्तर भाषा र पोसाक नै आएपछि मैले पुन प्रश्न गरें , के हामीले मैथिलीभाषी धोती लाएको सबै मान्छेलाई नेपाली भनौं त ? हाम्रो बिचमा एकछिन बहस चल्यो । मित्र युवराजको रास्ट्रवादप्रति मेरो अविश्वास होइन, उहाँ राष्ट्रवादको नयाँ परिभाषा हुनुपर्छ भन्ने पक्षमा पनि हुनुहुन्छ ।
यस्ता लाखौं युवराज छन् जो नयाँ राष्ट्रवादको पक्षधर हुनुहुन्छ तर पुरानो सामन्ती राष्ट्रवादी सोचले उल्टो गरिरहेको हुन्छ । मैले भन्न खोजेको कुरा के हो भन्ने हामी हाम्रो राष्ट्रलाई नयाँ राष्ट्रवादको आधारमा जोड्न र बलियो बनाउन चाहन्छौं । तर हामीमा रहेको पुरानो राष्ट्रवादी सोचले हामिलाई भ्रमित पारिरहेको हुन्छ, राष्ट्रलाई टुक्रा टुक्रा र कमजोर पारिरहेको हुन्छ । अहिले हाम्रो देशमा देखिएका समस्याहरु पुरानो सामन्ती राष्ट्रवादी चिन्तनको कारणले नै देखिएका हुन् । यसलाई बदल्न ठुलै अभियान चलाउनुपर्छ । यतातिर सम्वन्धित सबैको ध्यान जाओस् । मित्र युवराजको नाम उल्लेख गरेकोमा उहाँसँग क्षमा चाहन्छु । जती छिटो सासक समुदायको रुपान्तरण, त्यति नै छिटो द्वन्द्व समाधान ।
पूर्व सभासद शिवराम यादवको वालबाट