• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

आन्दोलनकारी दुखिलाल मेहताको अन्त्येष्टि

आन्दोलनकारी दुखिलाल  मेहताको अन्त्येष्टि

सुनसरी, ६ असार । गत असार १ गते सुनसरीको इनर्वामा राष्ट्रिय जनता पार्टी नेपालले आयोजना गरेको झडपमा परी घाइते भएका एक आन्दोलनकारीको मङ्गलवार निधन भएको छ ।

प्रहरीसँगको झडपमा परि घाइते ३८ वर्षिय दुखिलाल मेहताको निधन भएको हो । बन्द अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले गाडी तोडफोड गर्ने क्रममा प्रहरीले रोक्ने प्रयास गरेका थिए । प्रहरी र आन्दोलनकारी बीचको झडपमा प्रहरीको कुटाइबाट मेहता घाइते भएका थिए ।टाउकोमा चोट लागेका उनलाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई घरमै स्वास्थ्यलाभ गरिरहेका थिए ।  मृतक मेहताको शवलाई मङ्गलवारै हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । यस अघि राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले पार्टीको झण्डा ओढाएर सम्मान अर्पण गरेका छन् ।