• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

बन्दको अवज्ञा गरेको भन्दै राजविराजमा सरकारी गाडीमा आगजनी (फोटो फिचर समेत)

बन्दको अवज्ञा गरेको भन्दै राजविराजमा सरकारी गाडीमा आगजनी (फोटो फिचर समेत)

राजविराज, ४ असार । बन्दको अवज्ञा गरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले आइतवार राजविराजमा एक सरकारी मोटरसाइकलमा आगजनी गरेका छन् ।

सप्तरी सदरमुकाम राजविराज स्थित गजेन्द्र चौकमा डाक्नेश्वरी नगरपालिकाको स १ ब ५२९ नम्वरको मोटरसाइलमा दिउँसो १ बजेको समयमा राजपाका कार्यकर्ताहरुले आगजनी गरेका हुन् । केही महिना अघि मात्र खरिद गरिएको उक्त मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । साबिक कविलासा गाउँ विकास समितिका सचिव एवम् हाल डाक्नेश्वरी नगरपालिका वडा नम्वर–१ का सचिव तपेश्वर कुमार साह उपभोक्ता समितिको खाता सम्वन्धी कामकालागि राजविराज स्थित राष्ट्रिय वाणिज्य बैंक आएका थिए । मोटरसाइकल बैंक अगाडि राखेर उनी भित्र गएको मौका छोपेर राजपाका कार्यकर्ताहरुले आगजनी गरेको प्राविधिक तारणी प्रसाद यादवले जानकारी दिएका छन् । राष्ट्रिय जनता पार्टीले संविधान संशोधनसहितको माग राख्दै आन्दोलन गर्दैआएका छन् ।