• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजपाद्वारा राजविराजमा लाठी जुलुस प्रदर्शन

राजपाद्वारा राजविराजमा लाठी जुलुस प्रदर्शन

राजविराज, ३ असार । स्थानीय तहको निर्वाचन वहिष्कार कार्यक्रमका क्रममा राष्ट्रिय जनता पार्टीले शनिवार सप्तरी सदरमुकाम राजविराजमा लाठी जुलुस प्रदर्शन गरेको छ ।

स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको विशाल लाठी जुलुश नगरको विभिन्न परिक्रमा पशचात शहिद दशन चौकमा सभामा परिणत भएको थियो । राजपा सप्तरी अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झाको अध्यक्षतामा आयोजित सभामा बोल्दै वक्ताहरुले माग सम्वोधन नभएसम्म कुनै पनि हालतमा चुनाव हुन नदिने चेतावनी दिएका छन् ।
संविधान संशोधन गरी देशलाई देशलाई निकास दिनुको साटो निर्वाचनको तिथि सारेर द्वन्द्व निम्त्याउने काम गरेको वक्ताहरुको भनाई थियो । मधेशी–आदिवासी विरोधी रणनीतिमा केही मधेशवादी दलहरु नै सामेल हुनु दुर्भाग्पूर्ण भएको भन्दै नेताहरुले मधेश र मधेशी जनताको माग पुरा नभएसम्म आन्दोलन जारी रहने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा राजपाका केन्द्रीय नेताहरुको समेत समेत सहभागिता रहेको थियो ।