• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

सप्तरीमा प्रहरी र राजपा कार्यकर्ताबीच झडप, राजपाका दुई जना घाइते

सप्तरीमा प्रहरी र राजपा कार्यकर्ताबीच झडप, राजपाका दुई जना घाइते

राजविराज, ३१ जेठ । पुर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कदमाहा बजारमा बुधवार दिउँसो प्रहरी र राजपा नेपालका कार्यकर्ताबीच झडप भएको छ ।
प्रहरीको कुटाईवाट राजपाका २ जना कार्यकर्ता घाइते भएका छन् । खडग नगरपालिका वडा नम्वर–२ का शुभकलाल महतो र बिशेश्वर महतो घाइते भएका छन् । निर्वाचनमा खट्नकालागि पुर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरवाट पहाडी जिल्ला सोलुखुम्बु र खोटाङका लागि को १ ख ३८०४ नम्बरको बसमा गईरहेको प्रहरी टोलीमाथि राजपाका कार्यकर्ताले ढुङ्गा हानेपछि झडपको अवस्था सिर्जना भएको थियो ।
बसवाट ओलिएपछि राजपाका कार्यकर्ताबीच झडप शुरु भएको थियो । राजपा कार्यकर्तालाई लेखेटेर नियन्त्रणमा लिएर निर्घात कुटपीट गरेको राजपाले जनाएको छ । घाइतेहरुको लहान अस्पतालमा उपचार भईरहेको जनाईएको छ ।