• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

बन्दले पूर्ण रुपमा सप्तरी ठप्प, लोकमार्गमा थन्कियो सवारी साधन (फोटो फिचर समेत)

बन्दले पूर्ण रुपमा सप्तरी ठप्प, लोकमार्गमा थन्कियो सवारी साधन (फोटो फिचर समेत)

राजविराज, ३० जेठ । संविधान संशोधन तथा स्थानिय तहको संख्या थप गर्नुपर्ने माग गर्दै राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दका कारण मङ्गलवार सप्तरीको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ ।
राजपाका नेता तथा कार्यकर्ताहरुले जिल्लाको सदरमुकाम राजविराजमा विहानैदेखि प्रदर्शन जारी राखेका छन् । उनीहरुले गजेन्द्र चौक, शहिद दशन चौक लगायतका स्थानहरुमा टायर बालेर प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
बन्दका कारण राजविराजबाट लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चल्न सकेको छैन । उद्योगधन्दा, शिक्षण संस्था, सरकारी कार्यालय, वित्तीय संस्थासमेत पूर्ण रुपमा ठप्प रहेको छ । बजारमा सर्वसाधारणको चहल–पहल समेत न्यून देखिएको छ ।
यता पूर्व–पश्चिम लोकमार्गमा समेत भारदह, बरमझिया, कञ्चनरुप, महुली, रुपनी, कठौना, कल्याणपुर लगायतका स्थानहरुमा आन्दोलनकारीहरुले यातायात अवरुद्ध गरेका छन् । राजमार्गमा सयौं सवारी साधनहरु थन्किन पुगेको छ ।