राजविराज, २८ जेठ । संविधान संशोधन तथा स्थानिय तहको संख्या थप गर्नुपर्ने माग गर्दै राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले सोमवार राजविराजमा विशाल मशाल जुलुस प्रदर्शन गरेका छन् ।
स्थानीय हरिनन्देश्वर महादेव मन्दिर प्राङ्गणबाट निकालिएको मशाल जुलुस नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको छ । विभिन्न नाराबाजी हज्जारौंको सहभागिता रहेको उक्त जुलुस स्थानीय शहिद दशन चौकमा पुगी विरोधसभामा परिणत भएको छ ।
सभामा राजपाका वरिष्ठ उपाध्यक्षहरु नवलकिशोर साह, मृगेन्द्र कुमार सिंह यादव, महासचिव मनिष कुमार सुमन लगायतले सम्वोधन गरेका छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजपा नेपालले घोषणा गरेको कार्यक्रम अनुसार सप्तरीसहित मधेशका जिल्लाहरुमा मशाल जुलुस प्रदर्शन गरिएको छ ।
तस्विरहरुः श्यामसुन्दर यादव/राजविराज




