• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

यस्तो छ राजपा नेपालको चुनाव विरोधी कार्यक्रम

यस्तो छ राजपा नेपालको चुनाव विरोधी कार्यक्रम

काठमाण्डौ, २९ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
राजपा नेपालको आइतवार सम्पन्न बैठकले सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । प्राप्त जानकारी अनुसार उम्मेदवारी मनोनयन दर्ताका दिन असार २ गते गाउँपालिका र नगरपालिकाको निर्वाचन केन्द्रहरूमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने निर्णय गरिएको छ ।