• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

सप्तरीमा राजपा र फोरम नेतासहित दर्जनौं एमालेमा प्रवेश

सप्तरीमा राजपा र फोरम नेतासहित दर्जनौं एमालेमा प्रवेश

राजविराज, २३ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय नेता र संघीय समाजवादी फोरम नेपालका प्रदेश नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मदननगर स्थित एमालेको जिल्ला पार्टी कार्यालयमा मङ्गलवार आयोजित एक समारोहका बीच नेताहरुलाई पार्टीमा भित्र्याईएको हो । पार्टी प्रवेश तथा उम्मेदवारी घोषणा कार्यक्रममा राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्यहरु सुरेश सिंह, लाल मोहमद र हेमशंकर सिंह, संघीय समाजवादी फोरम नेपाल प्रदेश नम्वर– २ का सदस्य सुखराम यादव र दलित जनजाति पार्टीका केन्द्रीय सदस्य पारोदवी खंग समेतका नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेसका बालेश्वर मिश्र, कुन्ती मिश्रा, मो. तफेजुल, लाल मियाँ, सुकदेव मण्डल, ललित कुमार मण्डल, हजरत अली, गंगाराम मण्डल, गणेश साह, विशेश्वर दास लगायतका नेता तथा कार्य कर्ताहरुले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीका पोलिट्व्यूरो सदस्य रामप्रित पासवान, केन्द्रीय सदस्य सुमनराज प्याकुरेल, २ नम्वर प्रदेश सदस्य शैलेशचन्द्र झा, पूर्व जिल्ला सचिव दिवाकर देवकोटा, नेपाल वुद्धिजिवि परिषदका डा. कामानन्द देव, परिषद्का नथुनी दास, दिनेश यादवसमेतले नव प्रवेशीहरुलाई फूलको माला र अबीर लगाएर स्वागत गरेका छन् ।
कार्यक्रममा बोल्दै एमालेका नेताहरुले आफुहरुको पार्टी मधेश विरोध नभए भन्दै फैलाईएका भ्रमहरु चिर्नुपर्नेमा जोड दिए । गुण्डागर्दी र जातीवादमा एमाले विश्वास नगर्ने पार्टी भएको दावी गर्दै मधेशी जनता बीच अझैं पनि एमाले लोकप्रिय रहेको उनीहरुले बताए ।
संघीय समाजवादी फोरम नेपाल परित्याग गरी एमाले प्रवेश गरेका सुखराम यादव राजविराज नगरपालिकाको मेयरको उम्मेदवार बन्ने निश्चित भएको छ । फोरममा उम्मेदवार चयनमा ढिलाई भईरहेको तथा मधेशप्रति जिम्मेवार नरहेको भन्दै एक साता अघि उनले पार्टी परित्याग गरेका थिए । उनी मूलतः सहकारी क्षेत्रमा योजनाकारको रुपमा चिनिन्छन् । उनी नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य समेत हुन् ।
यसैगरी एमालेमा प्रवेश गरेका सुरेश कुमार सिंह तत्कालीन सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिंहबाट प्रभावित राजनीति प्रारम्भ गरेर केन्द्रीय जिम्मेवादी सम्हाल्दैआएका थिए । सप्तरी उद्योग वाणिज्य संघका महासचिव समेत रहिसकेका सिंह मधेश आन्दोलनमा समेत सक्रिय रहँदैआएका थिए । सिंह नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य समेत हुन् ।
एमालेका अर्का नव प्रवेशी हेमशंकर सिंह विगत दुई दशदेखि राजधानी काठमाण्डौ तथा गृह जिल्ला सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दैआएका छन् । मधेश आन्दोलनका प्रणेता स्व. सिंहको समिपमा रहेर राजनीतिमा सक्रिय रहँदै वर्तमानमा नेपाल सद्भावना पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दैआएका थिए । उनी हाल एमालेबाट कोइलाडी तिलाठी गाउँपालिकाको उप–प्रमुखमा उम्मेदवारीको घोषणा समेत गरेका छन् ।