• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

संविधान संशोधन नभएसम्म न हामी चुनावमा जान्छौं न चुनाव हुन दिन्छौंः महतो

संविधान संशोधन नभएसम्म न हामी चुनावमा जान्छौं न चुनाव हुन दिन्छौंः महतो

सर्लाही, २२ जेठ । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म न चुनावमा जाने न चुनाव हुन दिने बताएका छन् ।

सर्लाहीको बरहथवामा राजपाद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । राजपा नेता महतोले आक्रोश व्यक्त गर्दै भने ‘संविधान संशोधन नभएसम्म न हामी चुनावमा जान्छौ न चुनाव हुन दिन्छौं ।’
राजपा चुनावको विरोधी नरहेको र सरकारले आज मधेशी, आदिवासी जनजातीको माँग पुरा गरे आजै चुनावमा जान समेत तयार रहेको समेत उनले प्रष्ट पारे । गठित गाउँपालिका र नगरपालिका जनसंख्याको आधारमा नगरेर मधेशीहरूको प्रतिनिधित्व घटाउने काम गरेको आरोप समेत उनले लगाए ।
मधेशमा ५०५ भन्दा बढ़ी जनसंख्या रहेकोले मधेशमा ५०५ भन्दा बढ़ी गाउँपालिका र नगरपालिकामा प्रतिनिधित्व हुनुपर्नेमा जोड दिँदै नेता महतोले आन्दोलनका क्रममा झुठा मुद्दा चलाएर सरकारले आन्दोलनकारीहरूलाई अहिले पनि जेलमा राखेको, शहिद घोषण हुन बाँकी रहेको, आन्दोलनका घाइतेहरूले क्षतिपूर्ति नपाएकोले चुनावमा जान नसक्ने महतोले प्रष्ट्याए ।
संविधानमा रहेको विभेद बिरूद्धमा भएको र संबिधान संसोधन नभएसम्म राजपाले आन्दोलन जारी राख्ने भन्दै मधेशीहरूको भावना अनुरूप राजपा नेपाल गठन भएको बताए । भेंटघाटका सहभागीहरूले राजपा गठनले मधेशमा उर्जा थपिएको भन्दै केन्द्रीय नेताहरूलाई खुट्टा नकमाउन आग्रह गर्दै राजपाले गर्ने निर्णयबाट मधेशी जनता पछि नहट्ने बताए ।
सर्लाहीको बरहथवामा राष्ट्रीय जनता पार्टी नेपालद्वारा आयोजित कार्यकर्ता भेंटघाट कार्यक्रममा राजपाका नेता महतोको प्रमुख आतिथ्य तथा क्षेत्र नम्बर तीनका क्षेत्रीय अध्यक्षमण्डलका संयोजक रामबाबु यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय सचिव उपेन्द्र महतो, केन्द्रीय सदस्य विजय यादव, किरण देवी यादव, जिल्ला अध्यक्ष मण्डलका अध्यक्ष प्रमोद साह, जिल्ला सचिव बलिराम चौधरी लगायतको उपस्थिति रहेको थियो ।