राजविराज, २१ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले दोश्रो चरणको स्थानीय निर्वाचन विथोल्नकोलागि राजविराज नगरपालिकासहित सप्तरीको विभिन्न नगरपालिका तथा गाउँपालिकामा जन–आन्दोलन परिचालन समिति गठन गरिएको छ ।
स्थानीय तह निर्वाचन बहिस्कारको लागि आइतबार राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा राजपाका वरिष्ठ नेता मृगेन्द्र कुमार सिंह यादव तथा सह–महामन्त्री जयप्रकाश ठाकुरसहितको उप–समितिमा ६ सदस्यीय संयोजक मण्डलसहित १ सय ५१ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको हो ।
गठित संयोजक मण्डलीय संयोजक ललन मिश्रा, लक्षमण यादव, दिपेन्द्र चौधरी, अमरकान्त झा, शेषव राजु, साधना झा रहेको छ भने सह–संयोजकमा बसन्त साहलाई चयन गरिएको छ । राजविराज नगरपालिका अन्तर्गत १५ वडाका सदस्यहरुमा मनोज यादव, फणिकान्त झा, विपिन कर्ण, बैद्यनाथ दास, शिवनन्दन साह, चन्दन कुमार यादव, विरेन्द्र यादव, सत्येन्द्र देव, सुर्य नारायण यादव, शुभचन्द्र झा, पशुपति दास, दिनेश साह, विनोद चौधरी, कृष्णानन्द झा, असोला यादव रहेका छन् ।
यसैगरी अन्य सदस्यहरुमा शम्भु यादव, नेत्र विक्रम साह, कारी सदा, शोभा मण्डल, धनेश्वर सदा, रानी झा, लक्ष्मी रजक, संतोष यादव, हरिहर यादव, परमानन्द मेहता, श्रीलाल यादव, राजेन्द्र दास, विशेश्वर यादव लगायत रहेका छन् ।
त्यस्तै छिन्नमस्ता गाउँपालिका, बोदेबर्साइन नगरपालिका, तिलाठी कोइलाठी गाउँपालिका, शम्भुनाथ नगरपालिका, सुरुङ्गा नगरपालिका, डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका लगायतका ठाउँमा जनआन्दोलन परिचालन कमिटि गठन गरिएको राजपा केन्द्रीय सचिव नेत्रविक्रम साहले जानकारी दिएका छन् ।