• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजको अतिक्रमित बाटो खुलाए युवाहरुले

राजविराजको अतिक्रमित बाटो खुलाए युवाहरुले

राजविराज, २० जेठ । सप्तरी युथ नेपालको आयोजनामा संचालित ५० हप्ते सरसफाइ अभियान अन्र्तगतको ३९ औं हप्तामा राजविराज हटियाको बर्षौदेखिको अतिक्रमित बाटोको सरसफाइ तथा अतिक्रमण समेत हटाईएको छ ।
सरसफाइ तपाईको हातमा हामी युवा तपाईको साथमा भन्ने मुलनाराका साथ ३८ औं सरसफाइ सप्ताह अन्तर्गत हटियाका व्यवसायीसँगको बैठकमा व्यवसायीहरुद्धारा गठन गरिएको हटिया व्यवस्थापन समितिले गरेको निर्णय अनुसार ७ दिन भित्र हटियाको अतिक्रमण हटाउने तथा हटियालाई सफा गर्ने निर्णय गरे अनुसार सप्तरी युथ नेपालले यो पहल थालेका हटिया व्यसायी संघका कोषाध्यक्ष बलानन्द देवले जानकारी दिए । उक्त निर्णय अनुसार सप्तरी युथले तरकारी हटिया, मनिहारा लाइन, फलफुल पसल, चुरा मुरीपसल लगायतमा सरसफाइ गर्नुको साथै अतिक्रमण हटाईएको थियो ।
हटियामा एक दिनको सरसफाइ तथा अतिक्रमण हटाउने अभियानले मात्र नपुग्ने हुनाले यसलाई निरन्तरता दिने र हटिया व्यवसायीहरुको पहलमा विगत एक सातादेखि नै हटियाको सरसफाइ हुदै आइरहेको जानकारी हटिया व्यवसायी संघका अध्यक्ष गोपाल महतोले जानकारी गराए ।
सप्तरी युथ नेपालले शुरुवात गरेको सरसफाइ अन्र्तगत हटिया क्षेत्रमा व्यवसायीहरुले थुपारेर राखेको कैयौ दिनको फोहोरहरु समेत युवाहरुले सरसफाइ गरेका थिए भने हटियामा नाला अगाडि रहेको सम्पुर्ण पसल कबलहरुलाई नाला पछाडि गर्नुका साथै छज्जी दिई पसल कवल भन्दा अगाडि राखेकाहरुलाई समेत सो हटाई आफनो क्षेत्र भित्र राखिएको थियो । ३९ औं हप्ताको सरसफाइ अन्र्तगत युवाहरुलाई हटिया बजार व्यवस्थापन समितिले सहयोग गर्नुको साथै राजबिराज नगरपालिकाको जेसिबी र ट्रयाक्टरले संकलन भएको फोहोर उठाउन सहयोग गर्नुको साथै राजबिराज नगरपालिकाका सरसफाइ फाटका कर्मचारीहरुले समेत सहयोग गरेका थिए भने स्थानीयहरु युवाको काम देखेर प्रशंसा समेत गरे ।