• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

राजविराजमा प्रहरी र प्रदर्शनकारी बीच झडप, तीन सामान्य घाइते

राजविराजमा प्रहरी र प्रदर्शनकारी बीच झडप, तीन सामान्य घाइते

राजविराज, १६ जेठ । राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीद्वारा राजविराज स्थित निर्वाचन कार्यालय घेराउ गर्ने क्रममा मङ्गलवार दिउँसो प्रहरी र प्रदर्शनकारी बीच दोहोरो झडप भएको छ ।

राजविराज नगरपालिका केन्द्रको निर्वाचन कार्यालय अगाडि धर्ना तथा प्रदर्शनमा रहेको प्रदर्शनकारी र प्रहरी बीच दोहोरो झडप भएको हो । कार्यालय हाताभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले गरेको लाठी चार्जबाट जनता पार्टीका सतिश कुमार सिंह, सुरेश कुमार सिंह र दिपेन्द्र प्रसाद चौधरीलाई सामान्य चोट लागेको छ ।
यसैगरी जिल्लाको छिन्नमस्ता गाउँपालिकामा स्थापना गरिएको निर्वाचन कार्यालय समेत राजपाका केन्द्रीय नेता सत्यनारायण यादव नेतृत्वको टोलीली तालाबन्दी गरेको छ । तालाबन्दी गर्ने क्रममा त्यहाँ पनि प्रहरी र प्रदर्शनकारी बीच सामान्य झडप भएको छ ।
आफुहरुको माग सम्वोधन नभएकोमा असन्तुष्टि जनाउँदै राजपासहितको गठबन्धनले चुनाव लक्षित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । जस अनुसार जेठ १६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको छ । जेठ १९ गतेको उम्मेदवारी दर्तालाई अवरोध गर्न १८ र १९ गते मधेस, थरुहट र लिम्बुवान बन्द आहृवान समेत गरेको छ ।