• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सहरी बाल शिक्षा कार्यक्रमबाट १ सय ६ श्रमिक बालबालिका विद्यालय भर्ना

सहरी बाल शिक्षा कार्यक्रमबाट १ सय ६ श्रमिक बालबालिका विद्यालय भर्ना

राजविराज, १५ जेठ । राजविराज नगरपालिकामा सञ्चालित सहरी बाल शिक्षा कार्यक्रमको एक टोलीद्वारा सोमवार अनुगमन गरिएको छ ।
श्रमिक वा विद्यालय नगएका बालबालिकालाई विद्यालयमा भर्ना गराउने उद्देश्यले युनिसेफको सहयोगमा राजविराज नगरपालिकाको वडा नम्वर २, ३, ५, ८ र १० मा उक्त कार्यक्रम सञ्चालन हुँदैआएको थियो । बढी उमेर भईसक्दा पनि विद्यालय जान नसकेका कुल २०६ श्रमिक बालबालिकामध्ये १०६ जना विद्यालय भर्ना भएको जनाईएको छ ।
वडा नम्वर–१० मा मात्र कुल ४३ जना बालबालिकामध्ये ४० जना विद्यालय भर्ना भएको जसमध्ये २ जनाको बिहे भईसकेको तथा एक जना शारिरीक रुपमा अशक्त रहेको सहजकर्ता सुमित्रा साहले जानकारी दिईन् । कार्यक्रम अन्तर्गत सञ्चालित ९ महिने कक्षामा सहभागी भई बालबालिकाहरु कक्षा १ देखि ५ सम्म क्षमता अनुसार आधारभूत प्राथमिक विद्यालय देउरीभरुवामा भर्ना भएको पाईएको छ ।
सोही कार्यक्रम अन्तर्गत विद्यालय भर्ना नभएका केहीलाई व्यवसायिक शिक्षा अन्तर्गत व्युटी पार्लर तालिम तथा केहीलाई पारिवारिक सहयोग समेत प्रदान गरिएको राजविराज नगरपालिका कार्यालयकी सामाजिक शाखाकी कल्पना देवले जानकारी दिईन् । अनुगमनमा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत उमेश कुमार यादव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष एवम् न्यूज टुडे दैनिकका सम्पादक श्यामसुन्दर यादव, महासंघका उपाध्यक्ष समेत रहेकी स्वर्णिम सन्ध्या साप्ताहिककी सम्पादक सुधा देव समेतको सहभागिता रहेको थियो ।