• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

फोरमका प्रदेश सदस्य सुखरामले गरे फोरम परित्याग

फोरमका प्रदेश सदस्य सुखरामले गरे फोरम परित्याग

राजविराज, १३ जेठ । संघीय समाजवादी फोरम नेपालका मधेश प्रदेश सदस्य सुखराम यादवले पार्टी परित्याग गरेका छन् ।
शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले प्रदेश सदस्य र साधारण सदस्य समेतबाट राजिनामाको घोषणा गरेका हुन् । पार्टीमा नेतृत्व वर्गले ‘राम्रो मान्छेभन्दा पनि हाम्रो मान्छे’लाई महत्व दिएको, नेतृत्ववर्गमा सामन्तवाद, जातिवाद, नातावाद र कृपावाद हावी भएको, अहोरात्र पार्टीकालागि काम गर्ने कार्यकर्ताको उचित मूल्यांकन हुन नसकेको, मधेशको मुद्दामा नेतृत्ववर्गले पटक–पटक बोली फेर्ने गरेको लगायतका आरोपहरु लगाउँदै उनले राजिनामाको कारण देखाएका छन् ।
यादवले आइतवार पत्रकार सम्मेलनमार्पmत राजिनामाको थप कारण तथा भावी कदमबारे सविस्तार जानकारी गराउने समेत विज्ञप्तीमा उल्लेख गरेका छन् ।