दोस्रो चरणको चुनावलाई लक्षित गरी राष्ट्रिय जनता पार्टी नेपालद्वारा शनिवार राजविराजमा विशाल मशाल जुलुस प्रदर्शन गरिएको छ ।
हज्जारौंको सहभागीता रहेको जुलुस नगर परिक्रमा पश्चात शहिद दशन चौकमा पुगी सभामा परिणत भएको थियो । उक्त सभामा बोल्दै राजपाका नेताहरुले संविधान संशोधन गरी मधेशको माग सम्वोधन नगरिए कुनै पनि हालतमा चुनाव हुन नदिने चेतावनी दिएका छन् । 



