• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

रौतहटमा विभिन्न पार्टीबाट हजारौ कार्यकर्ता फोरम प्रवेश, अध्यक्ष यादवलाई ५१ किलोको माला

रौतहटमा विभिन्न  पार्टीबाट हजारौ कार्यकर्ता फोरम प्रवेश, अध्यक्ष यादवलाई ५१ किलोको माला

रौतहट १३, जेठ । स्थानीय तहको दोस्रो चरणको चुनाव नजिकै गर्दा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने क्रम क्रम बढेको छ ।
विभिन्न जिल्लाबाट अन्य पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गर्नेको ओइरो लाग्न थालेको हो । एकैदिनमा विभिन्न जिल्लामा पार्टी कार्यक्रम भइरहँदा नवप्रवेशीलाई स्वागत गर्न पार्टी अध्यक्ष उपेन्द्र यादव अचेल भ्याईनभ्याई भएको छ ।
कार्यकर्ता भित्र्याउने क्रममा शनिबार एकैदिनमा रौतहटमा हजारांै नेता कार्यकर्तालाई अध्यक्ष यादवले स्वागत गरेका छन् । फोरम नेपाल रौतहटले जिल्लामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले राजपाका केन्द्रीय सदस्य धिरेन्द्र यादवसहित सयौ सक्रिय कार्यकर्तालाई प्रवेश गराएका छन् ।
नेकपा एमाले पूर्व गाविस अध्यक्ष एवं चर्चित नेता राम प्रसाद यादव लगायत सयौं नेता कार्यकर्ता प्रवेश गरेका छन् । शुक्रबार मात्रै रुपन्देहीमा चर्चित नेता सहित ठूलो संख्यामा कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका थिए ।
नवप्रवेशी राजपा केन्द्रिय सदस्य यादवले अहिलेको आन्दोलनले मधेशमा प्राप्त उपलब्धि पनि गुम्ने र चुनाव जस्तो जनताको सर्वभौम अधिकारलाई कुण्ठित गर्ने हुनाले चुनावलाई उपयोग गरी मधेश र उत्पीड़ित जनताको अधिकार दिलाउन लाग्नुपर्ने बताए । एमाले परित्याग गरी प्रवेश गरेका गाविस अध्यक्ष यादवले एमाले मधेश विरोधी भएको र नश्लीय चरित्र बोकेकोले एमालेले राष्ट्रिय एकता कायम राख्न नसक्ने बताए ।
कार्यक्रममा फोरम नेपालका केन्द्रिय सदस्य रेवन्त झा, योगेन्द्र राय यादव, फोरम नेपाल रौतहटका कार्यवाहक अध्यक्ष धर्मेन्द्र पटेल लगाउतका नेताहरुको उपस्थिति थियो । पार्टी प्रवेश कार्यक्रममा फोरम नेपाल रौतहटले ५१ किलोको माला लगाएर पार्टी अध्यक्ष यादवलाई स्वागत गरिएको छ ।