राजविराज, १३ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले सप्तरीको बलान विहुल गाउँपालिकामा शनिवार निर्वाचन शिक्षा सम्वन्धी प्रचार–सामग्री जलाएका छन् ।
चनही मल्हनियाा स्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा आयोजित कार्यक्रम कार्यक्रम बिथोल्दै उनीहरुले प्रचार–प्रसार सामग्री आगो लगाएर जलाएका हुन् । राष्ट्रिय जनता पार्टीका दुखी यादव, रामप्रसाद यादव, विशेश्वर यादवसमेतका स्थानीय नेता तथा कार्यकर्ताहरुले निर्वाचन सम्वन्धी प्रचार–प्रसार सामग्री जलाएको राजपा सप्तरीका अध्यक्ष मण्डलका सदस्य रामप्रित यादवले जानकारी दिएका छन् ।