• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

गठबन्धनद्वारा निर्वाचन विरुद्ध आन्दोलन घोषणा

गठबन्धनद्वारा निर्वाचन विरुद्ध आन्दोलन घोषणा

काठमाण्डौ, १२ जेठ । दोस्रो चरणको चुनावलाई लक्षित गरी राष्ट्रिय जनता पार्टी नेपालले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

संघीय गठवन्धनसहित राजपाले संयुक्त रुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आफुहरुको माग सम्वोधन नभएकोमा असन्तुष्टि जनाउँदै राजपासहितको गठबन्धनले चुनाव लक्षित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
जेठ १३ गते उपमहानगर र नगरपालिकामा मसाल जुलुस प्रदर्शन, १४ गते लाठी जुलुस प्रदर्शन र १६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको छ । जेठ १९ गतेको उम्मेदवारी दर्तालाई अवरोध गर्न १८ र १९ गते मधेस, थरुहट र लिम्बुवान बन्द आहृवान समेत गरेको छ ।