• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

नेपाली कला क्षेत्रमा मिशाल बन्दै अशोक आर्यन (भिडियो हेर्नुहोस्)

नेपाली कला क्षेत्रमा मिशाल बन्दै अशोक आर्यन (भिडियो हेर्नुहोस्)

प्तरीको राजविराज नगरपालिका– ९ निवासी उनी पढाई र चिकित्सा पेसालाई सँगै लिएर अगाडि बढिरहेका छन् । आफ्नो प्रतिभाका कारण ग्ल्यामर क्षेत्रमा पनि आफ्नो पहिचान बनाउन सफल भएका छन् । हालसम्म उनको दुईवटा म्युजिक भिडियो युटुब मार्फत दर्शकसामु आइसकेका छन् भने केही आउने क्रममा छन् ।
पहिलो भिडियो हिन्दी ‘तेरे मेरे दर्मियान’बाट उनले आफ्नो अभिनयको छाप छोडन सफल भएका छन् । जसमा स्वर भनटु यादवले दिएका छन् भने सङ्गीत भारतका लारेब बाबलाले दिएका छन् । भर्खरै सार्वजनिक भएको अशोकको अर्को नेपाली म्युजिक भिडियो ‘एक मिशाल’ जसमा स्वर र सङ्गीत अनुप तिवारी र सुरभी मिश्राको रहेको छ भने निर्देशन रणधीर श्रेष्ठले गरेका छन् । उक्त भिडियोले युवाहरु माझ निकै चर्चा पाइरहेको छ ।
बाल्यकालदेखि नै नृत्य र अभिनयमा रुची राख्ने अशोक आर्यन, आफ्नो पढाईलाई निरन्तरता दिदै काठमाडौं टिचिङ्ग हस्पिटल अध्यनरत बेला देखि नै मोडेलिङ्गको सुरुवात गरे । विभिन्न फेशन शोहरुमा आफ्नो दखल देखाउँदै रयाम्प वाकमा चिनीन थाले ।
पढाई सकेर नेशनल मेडिकल कलेज, बिरगञ्जमा ‘वाक तथा श्रवन’ रोग विशेषज्ञका रूपमा जागीर गर्न थाले र ग्ल्यामर क्षेत्रमा पनि समय मिलाई झन ससक्त भई लागी परे । उनको आउन लागेको म्युजिक भिडियो ‘तेरे इश्कमे’ एकदम राम्रो र दर्शकले निक्कै मन पराउनेमा उनी आशावादी छन् ।
आफ्नो मातृभाषा मैथिलीमा राम्रो गीत र अवसर पाए काम गर्ने बताउँछन् । मैथिली भाषामा बन्ने र भिडियो अझ स्तरीय बनाउनु पर्ने कुरामा जोड दिदै उनले भने ‘दक्ष जनशक्ति र चाहनाको कमी छ, मैथिली गीत सङ्गीतलाई स्तरीय बनाईए कलिवुड र बलिउडसँग प्रतिष्पर्धा गर्ने निश्चित छ ।’ अभिनयलाई निरन्तरता दिँदै थप मेहनत गरेर कला क्षेत्रमा आफुले उदाहरणीय बनाएर देखाउने मोडेल अशोक आर्यनको संकल्प छ ।