राजविराज, १० जेठ । सरकारको पछिल्लो निर्णय अनुसार सप्तरी जिल्लामा एक गाउँपालिका थपिएको छ भने साविकका संरचनामा केही वडाहरु फेरबदल गरिएको छ ।
योसँगै सप्तरी जिल्लामा ९ नगरपालिका र ९ गाउँपालिका भएको हो । वोदेवर्साइन नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११ र १६ लाई झिकेर नयाँ वलान–विहुल गाउँपालिका बनाइको छ । उक्त गाउँपालिकाको केन्द्र साविकको मल्हनिया गाविसको कार्यालयलाई निर्धारण गरिएको छ ।
छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर १ लाई वेल्हीचपेना गाउँपालिकाको वडा नम्वर–६ कायम गरिएको छ । छिन्नमस्ता गाउँपालिकाको वडा नम्वर ८ लाई छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर १ कायम गरिएको छ ।
यसैगरी सरकारले कञ्चनरुप नगरपालिकाको वडा न। ११ लाई कृष्णसवरन गाउँपालिमा गाभेर वडा नम्बर ६ बनाएको छ । कृष्णसवरन गाउँपालिकाको नाम परिवर्तन गरी अग्नीसाइर कृष्णसवरन गाउँपालिका राखिएको छ ।
यसैगरी डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १० लाई शम्भुनाथ नगरपालिकामा गाभिएको छ । यस्तै विष्ण्ुापुर गाउँपालिकाको वडा नम्बर ५ लाई राजविराज नगरपालिकामा समावेश गरिएको छ ।
सरकारले यसअघि राजविराज, कञ्चनरुप, डाक्नेश्वरी, बोदे बर्साइन, खडक, शम्भुनाथ, सप्तकोशी, सुरुङ्गा र हनुमाननगर कंकालिनी नगरपालिका कायम गरिएको छ । यसैगरी कृष्णा सोवरण, छिन्नमस्ता, महदेवा, तिरहुत, तिलाठी कोइलाडी, रुपनी, बेल्ही चपेना र विष्णुपुर गाउँपालिका कायम गरेको थियो ।