• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

मैथिली मिडिया प्रा.लि.द्वारा मैथिली श्रव्य आ’ लेखन पत्रकारिता तालिम

मैथिली मिडिया प्रा.लि.द्वारा मैथिली श्रव्य आ’ लेखन पत्रकारिता तालिम

राजविराज, ८ जेठ । मैथिली मिडिया प्रा.लि.द्वारा राजविराज स्थित शैक्षिक तालिम केन्द्रमा मैथिली श्रव्य आ’ लेखन पत्रकारिता तालिम सोमवारदेखि शुरु भएको छ ।
सांसद मिथिला चौधरीको संसदीय विकास कोषको सहयोग एवम् जिल्ला समन्वय समितिको समन्वयमा तालिम सञ्चालन भएको हो । तालिम उद्घाटन गर्दै प्रमुख अतिथि स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेलले पत्रकारिता समाजकै अङ्ग भएकोले यो क्षेत्रको समेत समुचित विकास हुनुपर्नेमा जोड दिए ।
मल्लकालीन समयमा मैथिली भाषा राजकाजको भाषाको रुपमा रहेको भन्दै यो भाषाको साहित्य, कला, संस्कृती एवम् सभ्यताको नमूना भएको उनले बताए । मैथिली पत्रकारिताको माध्यमले यो क्षेत्रको उत्थानमा सशक्त रुपमा कलम चलाउनुपर्ने स्थानीय विकास अधिकारी पोखरेलले आवश्यकता औंल्याए ।
कार्यक्रममा मैथिल महासंघ नेपालका अध्यक्ष समेत रहेका मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष विष्णु कुमार मण्डलले मैथिली भाषाको समुचित विकासकालागि राज्यपक्षले ध्यान नदिएको बताए । मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष एवम् प्रशिक्षक देवेन्द्र मिश्रले मैथिली पत्रकारिताको इतिहासबारे चर्चा गर्दै यसको विकास हुनुपर्ने आवश्यकता औंल्याए । मैथिली साहित्य परिषद्का अध्यक्ष प्रा. अशोक झा, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव,ले स्थानीय तहमा मैथिली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण सम्वद्र्धनकालागि बजेट विनियोजन हुनुपर्नेमा जोड दिए ।
मैथिली मिडिया प्रा.लि.का अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा मैथिल महिला परिषद्की सचिव पिंकी झासमेतको उपस्थिति रहेको थियो । तालिममा रेडियो तथा छापा माध्यममा कार्यरत तथा नयाँ समेत गरी २५ जनाको सहभागिता रहने जनाईएको छ । तालिमको प्रशिक्षकमा नेपाल पत्रकार महासंघका पार्षद समेत रहेका लेखक देवेन्द्र मिश्र, महासंघका केन्द्रीय पार्षद राजेश कुमार झालगायत रहेको प्रा.लि.का अध्यक्ष झाले जानकारी दिएका छन् ।